मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उपमहासचिवमा पराजयपछि के भने विष्णु रिमालले ?

बिहीबार, ०३ पुस २०८२, १७ : २२
बिहीबार, ०३ पुस २०८२

काठमाडाैँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका विष्णु रिमालले जनताको बहुदलीय जनवाद (जबज) लाई व्यावहारिक रूपमा आत्मसात् गर्दै अत्यन्त सौहार्द, मित्रवत् र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका छन् । 

बिहीबार उपमहासचिवसहित केन्द्रीय समस्यमा समेत पराजित भएका उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । 

उनले महाधिवेशनमा नेतृत्वमा निर्वाचित सम्पूर्णलाई बधाई समेत दिएका छन् ।  उपमहासचिव पदमा १ हजार ९१ मत ल्याएर पराजित भएका उनी केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सकेनन् । 

रिमाल ओली प्यानलमा रहेर लामो समय उनको सहयोगी भएर काम गरेका व्यक्ति हुन् । 

एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । उनीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा थिए । 

status

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप