एमाले महाधिवेशन
बझाङबाट एमालेका ४ सदस्य निर्वाचित
बिहीबार, ०३ पुस २०८२, १८ : ०४
धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका बझाङका चारै जना नेताहरू भारी मतका साथ विजयी भएका हुन् ।
खुला केन्द्रीय सदस्यतर्फ ऐन महर निर्वाचित भएका छन् । महरले १ हजार ५४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन् । सुदूरपश्चिम भूगोल महिलातर्फ भागरथी सिंह निर्वाचित भएकी छन् । सिंहले १ हजार ४३० मत प्राप्त गरिन् ।
दलिततर्फ पनि बझाङबाट दुई जना नेताहरूले जितेका छन् । दलित खुलातर्फ अफिलाल ओखेडा १ हजार ५८३ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । दलित महिलातर्फ आशाकुमारी विकले सर्वाधिक मत ल्याएकी छन् । उनले १ हजार ७७१ मत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण