नाबालिकालाई वेश्यावृत्तिमा लगाउने पाँच जना पक्राउ
सारांश
- काठमाडौंमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्।
- प्रहरीले ठमेल, चावहिल, बौद्ध र मित्रनगरका विभिन्न स्थानबाट आठ जना नाबालिकाहरूको उद्धार गरेको छ।
- आर्थिक प्रलोभन देखाई नाबालिकाहरूलाई यौन शोषण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौँ । काठमाडौँका विभिन्न डान्सबार, क्लब र खाजाघरमा नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठका हेमन्त श्रेष्ठ, सिन्धुलीकी गीता कुमारी आचार्य, सल्यानका गोविन्द बुढाथोकी, बझाङका हरिभक्त गिरी र कैलालीका भीम बहादुर साउद रहेका छन्। मानव बेचबिखन ब्यूरोबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले काठमाडौँको ठमेलस्थित गोल्डेन स्पा, चावहिलको फायर लाउन्ज एण्ड क्लब, बौद्धको लक्की स्पा तथा मित्रनगरका केही खाजा घर र गेष्ट हाउसहरूमा छापा मारी आठ जना नाबालिकाहरूको उद्धार गरेको छ। आर्थिक लाभको प्रलोभन देखाई नाबालिकाहरूलाई यौन शोषण र वेश्यावृत्तिमा लगाउने गरेको सूचनाका आधारमा यो कारबाही अगाडि बढाइएको थियो।
पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण