इलाम-२ उपनिर्वाचनका प्रत्यासी मिलन लिम्बू रास्वपाको प्रारम्भिक समानुपातिक उम्मेदवार सिफारिस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका प्रत्यासी मिलन लिम्बूलाई समानुपातिकतर्फको प्रारम्भिक उम्मेदवार सिफारिस गरेको छ ।
इलामका स्थायी बासिन्दा लिम्बुलाई रास्वपाले कोशी प्रदेशअन्तर्गत आदिवासी जनजाति क्लस्टरबाट प्रारम्भिक समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको हो । रास्वपाले कोशी प्रदेशबाट प्रारम्भिक समानुपातिक उम्मेदवारका लागि ६० जनाको नाम सिफारिस गरेको छ ।
प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग शनिबार रास्वपा कोशी प्रदेश कार्यालय इटहरीमा छलफल हुने जनाइएको छ ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले नेता सुवास नेम्बाङको निधन भएपछि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपाको तर्फबाट लिम्बू उम्मेदवार बनेका थिए, तर उनी पराजित भए । उक्त क्षेत्रबाट २७ हजार ७७२ मत प्राप्त गर्दै एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए भने रास्वपाका लिम्बू ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण