उम्मेदवार सिफारिससँगै महाधिवेशन तयारीमा कांग्रेस सर्लाही
सारांश
- नेपाली कांग्रेस सर्लाहीले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम प्रदेश समितिमा पठाउने निर्णय गरेको छ।
- जिल्ला कार्य समितिले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका आकांक्षीहरूको नाम यथावत पठाउने निर्णय गर्यो।
- कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरू जिल्ला दौडाहामा सक्रिय देखिएका छन्।
जनकपुरधाम । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय तहबाट सिफारिस भई आएका उम्मेदवार आकाङ्क्षीहरूको नामावली प्रदेश कार्य समितिमा पठाउने निर्णय गरेको छ ।
शुक्रबार जिल्ला सदरमुकाम मलंगवामा बसेको जिल्ला कार्य समितिको बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ उम्मेदवारी दिन इच्छुक आकाङ्क्षीहरूको नाम यथावत् रूपमा प्रदेश समितिमा पठाउने निर्णय गरेको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारको अध्यक्षतामा सम्पन्न बैठकमा क्षेत्रीय समितिबाट प्राप्त सिफारिसहरूमा कुनै हेरफेर नगरी निर्णय गरिएको हो । प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिन चाहने तथा समानुपातिक सूचीमा समावेश हुन इच्छुक सबै आकाङ्क्षीहरूको नाम समेटेर पठाइएको सचिव कार्कीले बताए ।
यसैबीच, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्वमा आकांक्षा राख्ने नेताहरूको जिल्ला दौडाहा तीव्र बन्दै गएको छ । आगामी पुस २६, २७ र २८ गते काठमाडौँमा हुने महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी पदका आकाङ्क्षी नेताहरू सर्लाहीमा सक्रिय देखिएका छन् ।
केन्द्रीय नेताहरू डा. डिला संग्रौला, देवराज चालिसेलगायतले जिल्लाका नेताहरूसँग भेटघाट तथा संगठनात्मक छलफल गरी अन्य जिल्लातर्फ प्रस्थान गरेको सर्लाही कांग्रेसले जनाएको छ ।
महाधिवेशनको तयारीसँगै कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता टुंग्याउने काम पनि तीव्र पारिएको छ । क्रियाशील सदस्यतासम्बन्धी निर्णयका लागि शनिबार मध्यान्ह बयलवासमा क्षेत्र नम्बर १ को क्षेत्रीय बैठक आयोजना गरिएको क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण