काठमाडौँ र भक्तपुरबाट लागु औषधसहित ३ जना पक्राउ
आइतबार, ०६ पुस २०८२, ११ : ३१
सारांश
- प्रहरीले काठमाडौँ र भक्तपुरबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा उदयपुर, महोत्तरी र मोरङका व्यक्तिहरू छन्।
- प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन बरामद गरेको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ र भक्तपुरबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले ३ विभिन्न मितिमा ३ जनालाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका ३ का ३१ वर्षीय सागरकुमार राई, महोत्तरी मनरा सिसवा नगरपालिका २ का ३१ वर्षीय सन्दीप सिंह र मोरङको मिक्लाजुङ गाउँपालिका ९ का ४५ वर्षीय अम्बरबहादुर दर्जी रहेका छन् ।
राई भक्तपुरको सुर्यविनायक नगरपालिका ५ बाट पक्राउ परेका हुन् भने सिंह र दर्जी काठमाडौँको कुमारीगालबाट पक्राउ परेका हुन् । राई र सिंहको साथबाट प्रहरीले क्रमशः ३२ र ८१ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
दर्जीको साथबाट ६५ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण