डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति
काठमाडौँ । नेपालयको ‘आर’शालामा हरेक अंग्रेजी महिनाको अन्तिम साता आयोजना हुने 'पलेँटी'को आगामी शृंखलामा गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् ।
२० वर्ष पहिले सुरु भएको पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् ।
शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छन् । अभिज्ञा घिमिरे विगत एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ–शिल्पी हुन् । यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ ।
आभास आफै गीत लेखनमा क्रियाशील कलाकार हुन् । तर उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । साथै अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।
नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुनहरू समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।
पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरू अम्बर गुरुङ, भीम विराग र चन्द्र भण्डारी; गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल, बुँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचनाहरू रहेका छन् ।
पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि रहेका छन् ।
आभास भन्छन्, ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’
सन् २००५ को जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दै छ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण