भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता थिएन : कोइराला
सारांश
- डा. शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरूको हात नरहेको बताए।
- उनले भदौ २३ गतेको आन्दोलन शान्तिपूर्ण रहेको र २४ गतेको घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे।
- कोइरालाले शिक्षामा राजनीतिकरणका कारण गुणस्तर खस्किएको र यसलाई हटाउनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता नरहेको जिकिर गरेका छन् । आइतबार विराटनगरमा आयोजना गरिएको ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोलि- चुनौती, अवसर र सम्भावना’ बारे युवासँग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए ।
भदौ २४ गते गरिएको विरोध, विद्रोहभन्दा पनि विध्वंस भएको बताउँदै उनले त्यसमा जेनजी युवाहरूको हात नरहेको बताए । उनले भदौ २३ गतेको घटनाका दोषीलाई मात्र नभई भदौ २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरे ।
कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेनजीहरुको प्रश्नको उत्तर दिँदै नेता कोइरालाले शिक्षामा भइरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे ।
उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अङ्ग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाइले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण