आइतबारदेखि हराएका चार जना बालबालिकाको फेला
सारांश
- सप्तरीको तिरहुतबाट हराएका चार बालबालिकालाई सशस्त्र प्रहरीले कोशी ब्यारेज क्षेत्रबाट फेला पार्यो।
- बालबालिकाहरू घरबाट हिँडेर अलपत्र परेका थिए, उनीहरूलाई कसैले फकाएर लगेको हुनसक्ने अनुमान छ।
- प्रहरीले बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ, परिवारले राहत महसुस गरेका छन्।
सप्तरी । सप्तरीको तिरहुतबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ। तिरहुत गाउँपालिका–३ गोइठीका ७ वर्षीया श्रृष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीय कृष्ण सरदारलाई सोमबार हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको गस्ती टोलीले कोशी ब्यारेजमा बालबालिकाहरूलाई शङ्कास्पद र अलपत्र अवस्थामा देखेको थियो। सुरक्षा फौजले सोधपुछ गर्दा उनीहरूले आफ्नो घरठेगाना र त्यहाँ पुग्नुको कारण खुलाउन सकेका थिएनन्। कसैले ललाइफकाइ गरेर ती बालबालिकालाई त्यहाँसम्म पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
फेला परेका चारै जना बालबालिकालाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र गाउँलेहरूको रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ। घरबाट हिँडेर अलपत्र परेका बालबालिकाहरू सकुशल फेला परेपछि उनीहरूका परिवारले राहत महसुस गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण