भक्तपुरमा सहकर्मीको कुटपिटबाट ज्यामीको मृत्यु, आरोपी सल्लाघारीबाट पक्राउ
सारांश
- भक्तपुरमा निर्माणाधीन घरमा काम गर्ने एक मजदुरको कुटपिटबाट हत्या भएको छ।
- उदयपुरका ३५ वर्षीय पूर्ण ठकरीको हत्या अभियोगमा धनकुटाका सञ्जीव राई पक्राउ परेका छन्।
- सामान्य विवादपछि कुटपिट हुँदा पूर्णको घटनास्थलमै मृत्यु भएको थियो, प्रहरीले अनुसन्धान थालेको छ।
भक्तपुर । भक्तपुर नगरपालिका–३ वंशगोपालमा निर्माणाधीन घरमा ज्यामी काम गर्ने एक मजदुरको कुटपिटबाट हत्या भएको छ।
उदयपुर घर भई सोही घरमा कार्यरत ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा प्रहरीले धनकुटाका २७ वर्षीय सञ्जीव राई (याखा राई) लाई पक्राउ गरेको हो। सोमबार बिहान भएको सामान्य विवादमा सञ्जीवले कुटपिट गर्दा पूर्णको घटनास्थलमै मृत्यु भएको थियो।
घटनालगत्तै फरार भएका सञ्जीवलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरकै सल्लाघारीबाट नियन्त्रणमा लिएको छ। निर्माणाधीन घरको डेगोमनामा सँगै काम गर्ने र बस्ने उनीहरूबिच के कति कारणले झगडा भएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
मृतक पूर्णको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने पक्राउ परेका सञ्जीवमाथि ज्यान मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सँगै काम गर्ने सहकर्मीकै कुटपिटबाट ज्यान गएपछि उक्त कार्यस्थलमा कार्यरत अन्य मजदुरहरू समेत त्रसित बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण