कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ: राई
सारांश
- एमाले सचिव शेरधन राईले कोशी प्रदेश मन्त्रिमण्डल पुनर्गठन हुने बताए।
- उनले कांग्रेस र एमालेबीचको सहमति अनुसार नेतृत्व परिवर्तन हुने बताए।
- राईले निर्वाचनको लागि आफूहरू तयार रहेको र संसद् पुनर्स्थापनाको कुरा गरे।
विराटनगर । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेशको मन्त्रिमण्डल चाँडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन् ।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।
उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे ।
राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरूबिच द्वन्द्व बढाउन लागिपरेको बताउँदै निर्वाचन हुने अवस्था आए आफूहरू निर्वाचनका लागि तयार रहेको बताए ।
उनले संविधानलाई लिकमा ल्याउनका लागि संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने जिकिर गरे ।
सचिव राईले एघारौँ महाधिवेशनको क्रममा स्पष्ट दुई प्यानलमा नेतृत्वका लागि निर्वाचन भएको भए पनि पार्टी एक ढिक्का रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण