अमेरिकी भिसा नवीकरणमा ढिलाइ हुँदा भारतीय कामदार स्वदेशमै अलपत्र
सारांश
- अमेरिकी भिसा नवीकरणमा ढिलाइ हुँदा हजारौं भारतीय कामदार स्वदेशमै अलपत्र परेका छन्।
- नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले अन्तर्वार्ताको समय परिवर्तन गरेका कारण समस्या भएको हो।
- अमेरिकी विदेश मन्त्रालयले सुरक्षा जाँचका कारण भिसा प्रक्रिया ढिलो भएको जनाएको छ।
नयाँ दिल्ली । अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायीहरू अमेरिकाले श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका छन् ।
मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायतक धेरै सहरहरूका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासि पुनः तालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसकेका हुन् ।
“विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकहरूलाई सिधै सूचित गर्नेछौँ,“ नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने ।
अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरहरूलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियमहरू लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो।
“विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर–आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ । डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच–न–बी भिसा आवेदकहरू र ‘एच–फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,” प्रवक्ताले भने ।
उनले भने, “प्रत्येक भिसाको मामलामा आवेदकले संयुक्त राज्य अमेरिकाको रक्षा र सुरक्षाको लागि जोखिम उत्पन्न गर्दैन, उसले भिसाको लागि आफ्नो योग्यता विश्वसनीय रूपमा स्थापित गरेको छ र आवेदकले भर्नाका सर्तहरूसँग मिल्दोजुल्दो गतिविधिहरूमा संलग्न हुन चाहन्छ भन्ने कुराको सुनिश्चित गर्न हामी आवश्यक समय लिन्छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण