भारतीय महिला क्रिकेटमा ऐतिहासिक फड्को : अब पुरुष सरह घरेलु म्याच फी पाउने
सारांश
- बीसीसीआईले महिला क्रिकेटलाई व्यावसायिक बनाउन घरेलु महिला खेलाडीको पारिश्रमिकमा वृद्धि गर्यो।
- अबदेखि महिला र पुरुष खेलाडीलाई समान पारिश्रमिक दिने नीति लागू हुनेछ, जसमा फर्स्ट क्लासमा ५० हजार र टी-२० मा २५ हजार रुपैयाँ पाउनेछन्।
- बोर्डले सिनियर र जुनियर दुवै खेलाडीको पारिश्रमिक बढाएको छ, जसले गर्दा खेलाडीको आम्दानी वृद्धि हुनेछ।
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले महिला क्रिकेटलाई थप व्यावसायिक र सुदृढ बनाउने उद्देश्यले घरेलु महिला खेलाडीहरूको म्याच फीमा भारी वृद्धि गर्ने ऐतिहासिक निर्णय गरेको छ। डिसेम्बर २२ मा बसेको अनलाइन बैठकले अबदेखि घरेलु क्रिकेटमा पनि महिला र पुरुष खेलाडीहरूलाई समान पारिश्रमिक दिने नीति तय गरेको हो।
यसअघि अन्तर्राष्ट्रिय खेलहरूका लागि मात्र लागू गरिएको समान पारिश्रमिकको नियम अब घरेलु संरचनाका फर्स्ट क्लास, एकदिवसीय र टी-२० खेलहरूमा पनि कार्यान्वयन हुनेछ। नयाँ व्यवस्था अनुसार अब सिनियर महिला खेलाडीहरूले फर्स्ट क्लास र एकदिवसीय खेलमा प्रति दिन ५० हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउनेछन्।
यस्तै, टी-२० विधाको एक खेल खेले बापत २५ हजार रुपैयाँ प्राप्त हुनेछ। यदि कुनै खेलाडी प्लेइङ ११ मा समावेश नभई बेन्चमा बसेको खण्डमा पनि उसले निर्धारित रकमको आधा हिस्सा अर्थात् २५ हजार र १२ हजार ५ सय रुपैयाँ पाउने व्यवस्था गरिएको छ। यसअघि महिला खेलाडीहरूले प्लेइङ ११ मा रहँदा केवल २० हजार रुपैयाँ मात्र पाउँदै आएका थिए, जसको तुलनामा यो वृद्धि निकै ठुलो हो।
बोर्डले सिनियर खेलाडीहरूका साथै जुनियर क्रिकेटर्सको पनि पारिश्रमिक बढाएको छ। अब जुनियर खेलाडीले एकदिवसीय र फर्स्ट क्लास खेलमा २५ हजार तथा टी-२० मा साढे १२ हजार रुपैयाँ पाउनेछन्। यसअघि एक पूर्ण घरेलु सिजन खेल्दा मुस्किलले २ लाख रुपैयाँ कमाउने महिला खेलाडीहरूले अब केही सीमित खेलहरूबाटै सो रकम आर्जन गर्न सक्नेछन्।
खेलहरूको सङ्ख्या र प्रदर्शनका आधारमा अब एक सिजनमा महिला खेलाडीले ५ देखि ७ लाख रुपैयाँसम्म कमाउन सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026