ललितपुर कांग्रेस कार्यालयमा कृष्णप्रसाद भट्टराईको सालिक राखिने
ललितपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को १०२औँ जन्मजयन्तीको अवसरमा ललितपुरमा उहाँको सालिक निर्माण प्रक्रिया सुरु भएको छ। ललितपुरको चक्रपथस्थित पार्टीको जिल्ला कार्यसमिति कार्यालय प्राङ्गणमा पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले मंगलबार सालिक राख्ने स्थानको विधिवत् शिलान्यास गरेका हुन्।
सन्त नेता भट्टराईलाई आफ्नो आदर्श मान्ने श्रेष्ठले किसुनजीको सादगी जीवन र उहाँको आश्रमलाई पुनर्जीवित गराउनुपर्नेमा जोड दिएका छन्। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले २०५६ सालमा किसुनजीकै नाममा यस भवनको शिलान्यास भएको स्मरण गरे।
तत्कालीन समयमा डेराबाट पार्टी कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेका बेला धर्म महर्जनले जग्गा दान दिएपछि र केदारबहादुर अमात्यको सक्रियतामा यो भवन निर्माण भएको उनले बताए। कास्कीपछि आफ्नै भवन हुने ललितपुर कांग्रेसको यो दोस्रो कार्यालय भएको र यसको ऐतिहासिक महत्त्व रहेको उनको भनाइ छ।
ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले शिलान्यास भएको सालिकलाई चाँडै निर्माण सम्पन्न गरी अनावरण गरिने प्रतिबद्धता जनाएका छन्। उनले पार्टी नेतृत्व सम्हालेपछि भवनलाई थप व्यवस्थित बनाइएको उल्लेख गर्दै सालिक निर्माणमा सहयोग गर्ने सबैको उचित मूल्याङ्कन हुने बताए।
यसै अवसरमा उनले पार्टीको आगामी अधिवेशनका सन्दर्भमा प्रतिनिधि छनोट र क्रियाशील सदस्यता वितरणमा कसैलाई पनि बन्देज लगाउन नहुने भन्दै समावेशी र लोकतान्त्रिक पद्धतिको वकालत समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण