सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक सातामा अवकाशमा जाँदै थिए भ्रष्टाचार मुद्दा लागेका प्रहरी अस्पतालका एसएसपी

मङ्गलबार, ०८ पुस २०८२, १७ : १३
मङ्गलबार, ०८ पुस २०८२

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको र बढुवा लिएको कसुरमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको एसएसपी लालबाबु गिरी एक सातामा अवकाशमा जाँदै थिए । 

नेपाल प्रहरी अस्पतालको नर्सिङ विभागको प्रमुखको रूपमा कार्यरत गिरी सेवा अवधि पुरा गरेर अनिवार्य जान लागेका हुन् । तर, अवकाश हुनुअघि अख्तियारले मुद्दा दायर गरेपछि उनी अवकाश अघि नै स्वतः निलम्बनमा परेका छन् ।

प्राविधिक तर्फका एसएसपी गिरी विरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गिरीले भारतबाट एसएलसी पास गरेको नक्कली शैक्षिक क प्रमाणपत्र पेस गरेर त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ र २०६३ मा पूर्वाञ्चल विश्वविद्यालयबाट पोष्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यता हासिल गरेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप