पाकिस्तानमा प्रहरीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु
मङ्गलबार, ०८ पुस २०८२, १७ : २०
सारांश
- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ।
- आक्रमणकारीले प्रहरीको गाडीमा गोली चलाएका थिए, जसपछि सुरक्षा बलले क्षेत्र घेरा हालेर अनुसन्धान थालेको छ।
- मुख्यमन्त्री सोहेल अफ्रिदीले घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने र सरकारको प्राथमिकता कानून व्यवस्था कायम राख्ने बताए।
इस्लामावाद । पाकिस्तानमा अज्ञात बन्दुकधारीको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ।
खैबर पख्तुनख्वा प्रान्तस्थित कारक जिल्लामा आक्रमणकारीहरूले प्रहरीको गाडीमा गोली चलाएका थिए ।
आक्रमणपछि पाकिस्तानी सुरक्षा बलले उक्त क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान सुरु गरेको छ। घटनाको निन्दा गर्दै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले दोषीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन् ।
राज्यमा कानून व्यवस्था कायम राख्नु आफ्नो सरकारको सर्वोच्च प्राथमिकता भएको सोहेल अफ्रिदीले बताए। यस्ता कायरतापूर्ण आक्रमणहरूले सुरक्षा बल र सरकारको संकल्पलाई कमजोर पार्न नसक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण