बाढीपहिरोले क्षतिग्रस्त इलामका सडक-पुल बनाउन २ अर्ब १९ करोडको स्रोत सुनिश्चित
काठमाडौं । सरकारले गत असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त इलामका सडक तथा पुलहरूको पुनर्निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो सहमति प्रदान गरेको सडक डिभिजन इलामका इन्जिनियर पवन भट्टराईले रातोपाटीलाई बताए ।
उनका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा सडक डिभिजन कार्यालय, इलाम अन्तर्गतका योजनाका लागि मन्त्रालयले कुल २ अर्ब १९ करोडको स्रोत सुनिश्चितता दिएको भए पनि चालु वर्षलाई ५४ करोड रुपैयाँ मात्र रकमान्तर गरी निकासा गर्ने भएको छ ।
स्रोत सुनिश्चितता भएकोमध्ये मेची राजमार्ग मर्मतका लागि सबैभन्दा बढी १ अर्ब ५० करोड रुपैयाँ छ । यो राजमार्ग मर्मतका लागि चालु आर्थिक वर्षमा ७५ करोड आवश्यक भएपनि २५ करोड निकासा गर्ने भएको छ । यसैगरी माइखोला पुल, राजदुवाली (मेची राजमार्ग)मा पर्ने स्थायी मोटरवेल पुल निर्माणका लागि २० करोडको स्रोत सुनिश्चित भएकोमा ५ करोड निकासा गर्ने भएको छ ।

माइखोला पुल, बेलासे (मेची कोरिडोर)का लागि २५ करोडको लागत अनुमान गरिएको यस पुलका लागि १० करोड निकासा गर्ने भएको छ ।
त्यसैगरी पुवाखोला पुलको स्थानमा बेलिब्रिज निर्माणका लागि आवश्यक ५ करोड रुपैयाँ, जोगमाईखोलामा बेलिब्रिज निर्माणका लागि पनि आवश्यक ५ करोड रुपैयाँ, मेची कोरिडोर (वैकल्पिक सडक) निर्माणका लागि १४ करोडको लागत अनुमान गरिएकोमा ४ करोड निकासा गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका क्षतिग्रस्त संरचनाका लागि १० अर्ब ६८ करोड रुपैयाँ माग गरेको थियो । तर हाललाई संकटग्रस्त घोषित इलामका लागि मात्र प्राथमिकताका साथ बजेट व्यवस्थापन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण