दुबईमा चम्किइन् रेनु, राखेपमा सम्मान
सारांश
- रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई एसियाली युथ पारा खेलकुदमा कास्य पदक जितेपछि राखेपले बधाई दियो।
- युएईको दुबईमा भएको प्रतियोगितामा रेनुले महिला ४७ किलोमुनि तौल समूहमा कास्य पदक जितिन्।
- राखेपले रेनुको सफलताको प्रशंसा गर्दै आगामी दिनमा ठूलो उपलब्धिको शुभकामना दियो र विशेष योजना ल्याउने प्रतिबद्धता जनायो।
काठमाडौँ । पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी रेनु तामाङ र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ। युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा हालै सम्पन्न प्रतियोगितामा पदक जितेर फर्किएका उनीहरूलाई राखेपका कार्यवाहक सदस्य-सचिव रामचरित्र मेहताले मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयमा स्वागत तथा सम्मान गरेका हुन्।
रेनुले प्रतियोगिताको के-४४ विधाअन्तर्गत महिला ४७ किलोमुनि तौल समूहमा नेपालका लागि कास्य पदक दिलाएकी थिइन्। उनी राखेपले सञ्चालन गरिरहेको 'मिसन-२०२६' अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन्। कार्यवाहक सदस्य-सचिव मेहताले रेनुको सफलताले नेपाली खेलकुद क्षेत्रको शिर उँचो पारेको भन्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न शुभकामना दिए।
सम्मान कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द र सदस्य नन्दा बस्याल लगायतको उपस्थिति थियो। राखेपले युवा पारा खेलाडीहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहभागिताका लागि विशेष योजनाहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण