टर्की विमान दुर्घटना: लिबियाका सेना प्रमुखको मृत्यु
सारांश
- टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको मृत्यु भएको छ।
- अंकाराबाट त्रिपोलीतर्फ जाँदै गरेको फाल्कन-५० विमान उडान भरेको ४२ मिनेटपछि दुर्घटनाग्रस्त भयो।
- दुर्घटनामा जनरल हद्दादसहित अन्य चार जनाको पनि मृत्यु भएको छ, लिबियाका प्रधानमन्त्रीले दुःख व्यक्त गरे।
काठमाडौँ। लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ ।
टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ जाँदै गरेको फाल्कन-५० विमान मंगलबार साँझ स्थानीय समय अनुसार ८ः ५२ उडान भरेको थियो । करिब ४२ मिनेटपछि जहाज सम्पर्कविहीन भएको थियो । विमानले आपत्कालीन अवतरणको अनुमति मागेको केही समयपछि दुर्घटना भएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन् ।
दुर्घटनामा जनरल हद्दादसहित विमानमा सवार अन्य चार जनाको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम क्षेत्र हायमाना जिल्लास्थित केसिक्काभाक गाउँ नजिक फेला परेको छ ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबेहले जनरल हद्दादको मृत्यु राष्ट्रका लागि ठूलो क्षति भएको बताएका छन् । उनले देशप्रति निष्ठा र समर्पणका साथ सेवा गर्ने व्यक्तिहरू गुमाएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण