भदौ २३ का हत्यारा र भदौ २४ का विध्वंसकारी दुवैलाई सजाय दिनुपर्छ : तनुजा पाण्डे
सारांश
- जेनजी अगुवा तनुजा पाण्डेले आन्दोलनको मर्म सुनिश्चित गर्न माग गरेकी छिन्।
- उनले भदौ २३ का हत्यारा र २४ का विध्वंसकारीलाई कानुनी कारबाहीको माग गरेकी हुन्।
- पाण्डेले सहिदको न्याय र दण्डहीनता अन्त्य नभए देश असफल हुने चेतावनी दिइन्।
काठमाडौँ । जेनजी अगुवा तनुजा पाण्डेले आन्दोलनको मर्म सुनिश्चित गर्न तथा सहिदहरूको न्यायका लागि भदौ २३ का हत्याराहरू र भदौ २४ का विध्वंसकारीहरू दुवैलाई कानुनी प्रक्रियामा ल्याएर सजाय दिनुपर्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन– 'यदि नेपालले सहिदहरूलाई न्याय दिन सक्दैन, हिंसामा र विध्वंसमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सक्दैन भने यो देश अन्यायलाई र दण्डहीनतालाई संरक्षण गर्न असफल राष्ट्रका रूपमा मात्र इतिहासमा सम्झिनेछ।'
उनले विषयको सुरुवात गर्दै लेखेकी छिन्– 'आज प्राज्ञ रवि लक्ष्मी चित्रकार म्याडम को तस्बिर देखेपछि, मौन बस्न सकिनँ। भदौ २३ मा तत्कालीन राज्यसत्ताले आफ्नै नागरिकलाई निर्दयतापूर्वक हत्या गर्यो। त्यो दिन सम्पूर्ण नेपाल शोकमा डुबेको थियो। यस्तो नरसंहार पछि एक मानवको रूपमा कोही क्रोधित हुनु, भावुक हुनु, पीडित हुनु, त्यो त स्वाभाविक मानवीय प्रतिक्रिया हो। भदौ २४ मा सडकमा निस्किएको जुलुस पनि यही पीडाबाट जन्मिएको थियो, साथीहरूको हत्याविरुद्ध उठेको स्वाभाविक आक्रोश, न्यायको माग, र राज्यप्रतिको गहिरो असन्तोष।'
उनले थप भनेकी छिन्– 'त्यो दिन सडकमा उत्रिएको आम जनताको आक्रोश निहत्था थियो। न त्यहाँ हातहतियार थिए, न कुनै पूर्वतयारी, न कुनै रणनीतिक योजना। यति ठुलो विध्वंस आम जनताको स्वाभाविक आन्दोलनबाट सम्भव थिएन।किनभने आन्दोलनको नाममा त्यसपछि जे भयो, त्यो देशभर एकै समयमा, एकै शैलीमा, सुनियोजित र सङ्गठित अपराधजस्तै देखिने ती घटनाहरू जेनजीले गर्ने कुरा नै थिएनन् । न त त्यस्तो स्रोतसाधन उनीहरूसँग थियो, न त यति व्यापक समन्वय। यी सबै कार्य हाम्रो आन्दोलनको आत्मासँग पूर्णतः विपरीत थिए।यी कार्य कुनै पनि हालतमा आम नागरिकले, विशेष गरी जेनजीले, नैतिक रूपमा गर्न सक्दैनन्।'
धेरैजनाले मलाई भदौ २४ को घटनाबारे प्रश्न गर्नुभएको छ। आज प्राज्ञ रवि लक्ष्मी चित्रकार म्याडम को तस्वीर देखेपछि, मौन बस्न सकिनँ।
— Tanuja pandey (@TanujaPandey_) December 24, 2025
भदौ २३ मा तत्कालीन राज्यसत्ताले आफ्नै नागरिकलाई निर्दयतापूर्वक हत्या गर्यो। त्यो दिन सम्पूर्ण नेपाल शोकमा डुबेको थियो। यस्तो नरसंहार पछि एक मानवको…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण