उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीचको ३ बुँदे सम्झौतामा के छ ?
बुधबार, ०९ पुस २०८२, १४ : १२
सारांश
- उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले फागुन २१ को निर्वाचनमा संयुक्त रूपमा भाग लिने सम्झौता गरे।
- दुवै पार्टीले 'बलेको चिम' चुनाव चिन्ह प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र संयुक्त संयन्त्र बनाउने सहमति जनाए।
- उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा गर्ने सहमति भएको छ।
काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन ३ बुँदे सम्झौता भएको छ ।
चुनावी एकतासम्बन्धी सम्झतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने विषय उल्लेख छ ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुवै पार्टीले देशको वर्तमान राजनीतिक जटिलताबाट निकास खोज्ने उद्देश्यसहित औपचारिक चुनावी एकता घोषणा गरेका हुन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबिच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।
यस्तो छ सम्झौता-
-(1)_2K2irJ3lvc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण