हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुखसहित १० जना विरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश
काठमाडौँ । धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित १० जना विरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार प्रमाण बुझ्ने आदेश जारी गरेको हो ।
नगरपालिकाको ५२ लाख ७२ हजार बढी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर, लेखापाल, खरिदार र निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसमेत ९ जनालाई प्रतिवादी बनाएको थियो ।
आयोगले जम्मा ५२ लाख ७२ हजार १६८.०३ बराबरको हिनामिना र आर्थिक हानि पुर्याएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीमाथि ४४ लाख ९० हजारको बिगो दाबी गरेको छ भने, तत्कालीन निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डलमाथि ७ लाख ८१ हजारको बिगो दाबी गरेको छ ।
त्यस्तै, इन्जिनियर दिनेश कुमार मण्डलमाथि ३६ लाख २२ हजारको बिगो दाबी गरेको छ भने खरिदार शत्रुधन साहमाथि रु. २८ लाख ४० हजारको बिगो दाबी गरिएको छ ।
त्यसैगरी तत्कालीन लेखापाल नेत्र लुंगेली माथि ५२ लाख ७२ हजारको बिगो दाबी गरिएको छ भने सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि ७ लाख ८१ हजारको बिगो दाबी गरिएको छ ।
हंसपुर नगरपालिका–५ सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान योजनामा कार्यअनुसार टुक्रा–टुक्रामा रकम भुक्तानी गरिनु, गलत नापजाँचका आधारमा बढी रकम निकासा हुनु, समयावधि सकिँदासमेत कानुनी प्रक्रिया नअपनाई समय थप गरिनु, कार्यसम्पादन जमानत नलिई सम्झौता अन्त्य हुनु जस्ता गम्भीर अनियमितता देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण