विकास–निर्माणका कामलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्छ: मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्ने बताए।
- उनले मकवानपुरको चित्लाङमा चित्लाङ हिल स्टेसनको उद्घाटन गर्दै विकासमा सहकार्यको आवश्यकता औंल्याए।
- मुख्यमन्त्री बानियाँले काठमाडौँ-चन्द्रागिरि-थाहा नगरको 'कनेक्टिभिटी' ले पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राखेर अघि बढ्नुपर्ने बताएका छन् । मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा चित्लाङ हिल स्टेसनको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले विकास निर्माणमा दलीय भावनाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनमा एजेन्डा फरक भए पनि निर्वाचनपश्चात् विकास निर्माणमा फरक विचार हुन नहुने जिकिर गर्दै मुख्यमन्त्री बानियाँले विकासमा विग्रह नभई सहकार्य आवश्यक रहेको औँल्याए ।
मकवानपुरको दामन, पालुङ, चित्लाङलगायत क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको ‘कनेक्टिभिटी’ ले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वाससमेत व्यक्त गरे ।
प्रदेश सरकारले गरेको विकास र निर्माण गरेको संरचनालाई जोगाउने र चलाउने काम स्थानीय तहले लिनुपर्ने उल्लेख गर्दै उनले थाहा नगरपालिकामा बनेको संरचनालाई सफल रूपमा सञ्चालन गर्न सकिए सङ्घीयता बलियो हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण