समुन्द्रमा पोज दिँदै गर्दा कट्रिनालाई दुईवटा सार्कले टोक्यो, पानीभित्र तान्यो
प्रशंसक र आफ्ना नजिकसँग जोडिन सेलिब्रिटीले सोसल मिडियामा आफ्नो शानदार तस्बिर पोष्ट गर्ने गर्छन् । यसै कारण आजकाल सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले उत्कृष्ट फोटो क्लिक गर्ने विभिन्न तरिका अपनाउँछन् । यस्तै कोसिसमा एक चर्चित मोडल कट्रिना घाइते भएकी छिन् ।
अमेरिकी मोडल कट्रिना जारुत्सकी आफ्ना प्रेमी र उनको परिवारसँग एक महिना अघि अमेरिकाको बाहामसमा रहेको एक्सुमा टापू घुम्न गएकी थिइन् ।
एक दिन खाना खाएपछि स्ट्यानियल के नामको एरियामा कट्रिनाले नर्स शार्कको बथानसँग मानिसहरुले अन्तर्क्रिया गरिरहेको देखिन् ।
यो देखेर उनलाई नर्स शार्कसँग पानीभित्र फोटो खिच्न मन लाग्यो ।
१९ वर्षे उनी मायमीबाट नर्सिङ र बिजनेसमा डबल डिग्री लिने तयारीमा छिन् । उनले क्यालिफोर्नियामा वाटर स्पोर्टस् खेलेका उनी समुन्द्रसँग अपरिचित पनि थिइनन् ।
‘मलाई पहिले नै सर्फिङ र स्कूबा डाइभिङको ज्ञान भएकाले नर्स शार्क निकै सुरक्षित हुन्छन् भन्ने थाहा थियो,’ उनले बीबीसीलाई भनिन् । ‘मैले मानिसहरुले उनीहरुसँग खिचेका अनेकौं तस्बिर इन्स्टाग्राममा देखेकी छु ।’
केही मिनेट पोज लिएपछि मलाई त्यहाँका एक स्थानीयले उत्तानो परेर पानीमा तैरन प्रोत्साहित गरे ।
‘त्यतिबेला मानिसहरुले फोटो खिचिरहेका थिए र म उत्तानो परेको केही सेकेन्डभित्रै, मलाई भित्र तानियो,’ उनले भनिन् ।
त्यतिबेला उनका प्रेमीका बुवाले कट्रिनाको फोटो खिचिरहेका थिए । दुर्घटनावश उक्त घटना श्रृङ्खलाबद्ध रुपमा क्यामरामा कैद भए ।
शार्कले उनलाई केही सेकेन्डसम्म पानीभित्र तान्यो । तर हातमा टोकिरहेको एउटा सार्कबाट उनले आफूलाई उम्काउन सफल भइन् ।
एउटा फोटोमा उनले आफ्नो घाउ समातेर हातलाई माथि उठाएको देख्न सकिन्छ । यसो गरेर उनले आफ्नो रगत पानीमा फैलनबाट रोकिरहेकी थिइन् ।
‘यदि कसलाई यस्तो घटना भए, उनीहरु निकै आत्तिने गर्छन् र चाँडोभन्दा चाँडो स्थितीबाट उम्कन चाहन्छन् । तर म भने निकै शान्त थिएँ,’ उनले भनिन् ।
‘मलाई लाग्छ कि यदि कसैले कराएको भए स्थिती भिन्न हुन्थ्यो,’ उनी थप्छिन् ।
कट्रिनाले शार्कले टोकेको घाउमा टाँका लगाएकी छिन् र घाउ निको पार्न एन्टिबायोटिक्स खाइरहेकी छिन् । तर पनि उनको घाउमा शार्कको दाँतको निशान देख्न सकिन्छ ।
घाउको निकै नराम्रो दाग बस्न सक्छ तर स्थिती भयानक नभएकाले आफू भाग्यमानी भएको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण