प्रदेशस्तरीय विरोध सभाको तयारीमा जसपा नेपाल
सारांश
- जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्ने भएको छ।
- विरोध सभा पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ गते भैरहवामा हुनेछ।
- पार्टीले विभिन्न माग र मुद्दाहरू राख्दै विरोध कार्यक्रमहरू गर्दै आएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगन्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो ।
यसबिच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गरिएको उनको भनाइ छ ।
जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरूमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानर सहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडी शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा/जन सभा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण