कुलमानलाई प्रश्नः बालेन र तपाईं मिलेर रविलाई आउट गर्न खोज्नुभएको हो ?
सारांश
- काठमाडौँका मेयर बालेन्द्र शाह र कुलमान घिसिङबीच भेटवार्ता भयो, जसले नयाँ राजनीतिक समीकरणको चर्चा जन्मायो।
- घिसिङले वैकल्पिक शक्तिहरूलाई एक बनाउने नेतृत्व लिने बताए, र छिट्टै नयाँ दलहरू एक हुने विश्वास व्यक्त गरे।
- भेटघाटमा रवि लामिछानेलाई 'आउट' गर्न खोजेको हल्लाबारे घिसिङले अस्वीकार गर्दै, एकताको लागि छलफल भइरहेको बताए।
काठमाडौँ । बिहीबार बिहान काठमाडौँका महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङबिच भेट भयो । दुई नेताबिचको भेटघाटको विषय सर्वत्र चासो बन्यो । नयाँ राजनीतिक समीकरण बनाउनेदेखि वैकल्पिक भनिएका दलहरू बिच एकता वा सहकार्यका बारेमा दुई जनाबिच छलफल भएका थिए । तर उक्त छलफलबारे औपचारिक रूपमा दुवै पक्षले जानकारी दिएको छैन ।
यसैबिच घिसिङले आज पार्टी कार्यालय उद्घाटन गरेका छन् । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार दिउँसो उनले पार्टीका अध्यक्ष अनुप उपाध्यायलगायत अन्य सहकर्मीहरूसँगै पार्टी कार्यालय उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा घिसिङले वैकल्पिक शक्तिहरूलाई एक बनाउने नेतृत्व आफ्नो पार्टीले लिने बताएका थिए । र छिट्टै नयाँ दलहरू एक हुने उनले विश्वास व्यक्त गरेका थिए । जहाँ पुगेका सञ्चारकर्मीहरूले उनलाई मेयर बालेनसँगको बिहानको भेटघाट र त्यहाँ भएका छलफलबारे प्रश्न गरेका थिए ।
आज बिहान तपाईं र मेयर बालेन शाहबिच भेटवार्ता भएको खबर आएको छ, के कुरा भयो ?
–सबै कुरा विस्तारै छलफल हुँदै छ। समयभित्रै सबै कुरा बाहिर आउनेछ । छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।
बालेन शाह र तपाईं मिलेर रवि लामिछानेलाई 'आउट' गर्न खोज्नुभएको हो भन्ने बजारमा चर्चा छ नि ?
–यो त व्याख्या गर्नेको कुरा हो । अस्ति बालेनजी र रविजी भेट्दा मलाई आउट भनियो, म र रविजी भेट्दा बालेनजी आउट भनिन्छ । अहिले बालेनजी र म भेट्दा रविजीलाई आउट भनिएको छ । वास्तवमा त्यस्तो केही होइन । हामी व्यक्तिगत रूपमा पनि र सामूहिक रूपमा पनि निरन्तर छलफलमा छौँ ।
आगामी निर्वाचनमा जनताले तपाईं, बालेन शाह र रवि लामिछानेलाई एकै ठाउँमा देख्न चाहेका छन्, के यो सम्भव छ ?
–जनताको चाहनाअनुसार नै अगाडि बढ्नुपर्छ । देशको समृद्धि र सुशासनका लागि यो अपरिहार्य छ । हामी सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्छ र जनताको म्यान्डेट अनुसार मिलेर अघि बढ्नुपर्छ ।
तपाईंले सभापति पद मागेका कारण विवाद आएको हो भन्ने सुनिन्छ नि, सत्य के हो ?
–अहिलेसम्म कसैले कुनै पनि पद मागेर बसेको अवस्था छैन । हाम्रो मुख्य उद्देश्य एकता र देशको हित हो, पदको लुछाचुँडी होइन । सबै कुरा विस्तारै मिल्दै जानेछ ।
कहिलेसम्ममा यो एकताको टुङ्गो लाग्छ त ?
–छलफल भइरहेको छ, उपयुक्त समयमा सबै कुराको टुङ्गो लाग्नेछ । हामी सकारात्मक छौँ ।
तपाईं जनताको मन्त्री कि पार्टीको ?
–म स्पष्ट रूपमा भन्छु, म जनताको मन्त्री हुँ । मैले सरकारी कार्यक्रमहरूको अपनत्व लिइसकेको छु र जनताकै सेवामा समर्पित छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण