इजरायलद्वारा लेबनानमा इरानको कुद्स फोर्सका उच्च सदस्य मारिएको दाबी
सारांश
- इजरायली सेनाले लेबनानमा इरानको कुद्स फोर्सका एक महत्वपूर्ण सदस्यलाई मारेको दाबी गरेको छ।
- मारिनेमा कुद्स फोर्सको युनिट (८४०) अन्तर्गतका हुसैन महमुद मार्शद अल-जवहारी रहेका थिए।
- इजरायलले अल-जवहारीलाई इजरायलविरुद्ध आक्रमणको योजना बनाउने व्यक्ति भएको आरोप लगाएको छ।
काठमाडौं । इजरायली सेनाले लेबनानमा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स अन्तर्गतको विदेशी शाखा कुद्स फोर्सका एक महत्वपूर्ण सदस्यलाई मारिएको दाबी गरेको छ ।
इजरायली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार लेबनानको अन्सारिया क्षेत्रमा गरिएको लक्षित आक्रमणमा हुसैन महमुद मार्शद अल–जवहारी मारिएका हुन् । इजरायलले उनलाई कुद्स फोर्सको युनिट (८४०) अन्तर्गतका प्रमुख व्यक्ति तथा “आतंकवादी गतिविधिमा संलग्न” रहेको आरोप लगाएको छ।
सेनाको दाबी अनुसार अल–जवहारी इजरायलविरुद्ध आक्रमणको योजना बनाउने कार्यमा सक्रिय थिए । उनी इरानको निर्देशनमा सिरिया र लेबनानबाट इजरायल तथा उसका सुरक्षा निकायहरूलाई लक्षित गर्दै गतिविधि सञ्चालन गरिरहेको इजरायलको भनाइ छ ।
इजरायली सेनाले अल–जवहारी क्षेत्रीय अस्थिरता बढाउने गतिविधिमा संलग्न रहेको आरोप समेत लगाएको छ । यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव अझ चर्किन सक्ने आशंका गरिएको छ ।
तर यस विषयमा इरान वा लेबनानका सम्बन्धित निकायबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण