आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
उक्त अटोमा चालकसहित तीन जना सवार थिए । दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । जिपमा सवार तीनैजना सकुशल रहेको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण