हमासका लागि आर्थिक सहयोग जुटाएको आरोपमा इटालीमा नौ जना पक्राउ
सारांश
- इटाली प्रहरीले हमासलाई चन्दा सङ्कलन गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ, जसमा ७० लाख युरो संकलन गरिएको थियो।
- अनुसन्धानका क्रममा ८० लाख युरो बराबरको सम्पत्ति जफत गरिएको छ, र रकम हमासको सैन्य शाखामा खर्च हुने गरेको पाइएको छ।
- इटालीका गृहमन्त्रीका अनुसार पक्राउ परेकामध्ये मुख्य व्यक्ति इटालीस्थित प्यालेस्टिनी एसोसिएसनका अध्यक्ष मोहम्मद हानुन हुन्।
रोम। इटालीको प्रहरीले प्यालेस्टिनी सशस्त्र समूह हमासका लागि करिब ७० लाख युरो चन्दा सङ्कलन गरेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ। विगत दुई वर्षदेखि गजाका सर्वसाधारणका लागि मानवीय सहायताका नाममा सङ्कलन गरिएको उक्त रकम ‘जटिल संयन्त्र’ प्रयोग गरी हमासलाई पठाउने गरिएको प्रहरीको दाबी छ।
गिरफ्तारीसँगै अनुसन्धानका क्रममा प्रहरीले ८० लाख युरो बराबरको सम्पत्ति समेत जफत गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आतङ्कवादी गतिविधिका लागि वित्तपोषण गरेको अभियोग लगाइएको छ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि इटालीको प्रति-आतङ्कवाद र वित्तीय प्रहरीले संयुक्त रूपमा यस विषयमा अनुसन्धान सुरु गरेका थिए। अनुसन्धानका क्रममा सङ्कलित कुल रकमको ७१ प्रतिशतभन्दा बढी हिस्सा हमासको सैन्य शाखा, आत्मघाती हमलाकारीका परिवार र आतङ्कवादको आरोपमा थुनामा रहेका व्यक्तिहरूको सहयोगमा खर्च हुने गरेको खुलेको छ।
इटालीका गृहमन्त्री माटेओ पियान्टेडोसीका अनुसार पक्राउ परेकामध्ये मुख्य व्यक्ति इटालीस्थित प्यालेस्टिनी एसोसिएसनका अध्यक्ष मोहम्मद हानुन रहेका छन्। हानुनले यसअघि आफूमाथि लागेको हमासलाई आर्थिक सहयोग गरेको आरोपलाई ‘झुट’ भन्दै अस्वीकार गर्दै आएका थिए।
जेनोवालाई मुख्य केन्द्र बनाएर मिलान लगायतका सहरहरूबाट यो चन्दा सङ्कलनको जालो फैलाइएको अनुसन्धानबाट खुलेको छ। गृहमन्त्रीले प्रहरी टोलीलाई धन्यवाद दिँदै हाल अनुसन्धानकै क्रममा रहेकाले कानुनी रूपमा दोषी प्रमाणित नहुन्जेल उनीहरूलाई आरोपीकै रूपमा हेरिने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण