मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, १०० घाइते
सारांश
- मेक्सिकोको ओक्साका क्षेत्रमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा करिब १०० जना घाइते भएका छन्, जसमध्ये ३६ जना अस्पतालमा उपचाररत छन् ।
- रेल निजान्डा सहर नजिकैको मोडमा घुम्ने क्रममा लिकबाट खसेको थियो, अनुसन्धान जारी छ ।
मेक्सिको सिटी । मेक्सिकोको दक्षिण–पश्चिमी ओक्साका क्षेत्रमा लिकबाट रेल खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । करिब १ सय जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ ।
मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच यात्रा गरिरहेको रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्यहरू थिए ।
९८ जना घाइते भएको र यीमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको नौसेनाले बताएको छ । निजान्डा सहर नजिकै मोडमा घुम्ने क्रममा रेल पटरीबाट खसेको अधिकारीहरूले भनेका छन् । दुघर्टनाको अनुसन्धान भइरहेको मेक्सिकोका महान्यायाधिवक्ताले पुष्टि गरेका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले बताएकी छन् । नौसेना सचिवसहित उच्चस्तरका अधिकारीहरू दुर्घटनास्थलमा गइरहेका उनले जानकारी दिइन् ।दुर्घटनास्थलका तस्बिरहरूमा उद्धारकर्मीहरूले यात्रुहरूलाई रेलबाट ओर्लन मद्दत गरिरहेको देखाइएको छ।
लिकबाट खसेको रेल भिरको छेउमा ढल्केको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण