हमासका सैन्य शाखाका प्रवक्ता आबेदाको मृत्यु भएको समूहद्वारा पुष्टि
सारांश
- हमासको सैन्य शाखाका प्रवक्ता अबु ओबेदाको अगस्टमा मृत्यु भएको पुष्टि भयो।
- एजेदिन अल–कसम ब्रिगेडले भिडियोमार्फत ओबेदाको मृत्युको घोषणा गर्यो।
- ओबेदा इजरायल र हमासबीचको कैदी आदानप्रदानका लागि तोकिएका प्रमुख अधिकारी थिए।
काठमाडौँ । हमासको सशस्त्र शाखाले सोमबार आफ्ना प्रवक्ता अबु ओबेदाको मृत्यु भएको पुष्टि गरेको छ ।
एजेदिन अल–कसम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक भिडियो वक्तव्य जारी गर्दै भनेको छ, “महान कमान्डर र सैन्य शाखा (कासम ब्रिगेड) का प्रवक्ता अबु ओबेदाको अगस्टमा शाहदत भएको पुष्टि गर्दछौँ । हामी उहाँप्रति श्रद्धा व्यक्त गर्दै शोकसन्तप्त सबैमा समवेदना व्यक्त गर्दछौँ।”
इजरायलले यसअघि अगस्ट ३० मा गाजामा भएको आक्रमणमा अबु ओबेदालाई मारेको घोषणा गरेको थियो।
युद्धको समयमा ओबेदा भनिने हुदैफा समीर अल–काहलउट हमासको सैन्य शाखाका गाजा साथै अरब र अन्तर्राष्ट्रिय मिडियाले आधिकारिक धारणाका लागि उत्सुकतापूर्वक प्रतीक्षा गर्ने केन्द्रीय व्यक्तित्वको रूपमा चिनिएका थिए । उनी इजरायल र हमासबिचको कैदी आदानप्रदानका लागि तोकिएका प्रमुख अधिकारी थिए ।
सन् १९८५ फेब्रुअरी ११ मा जन्मेका र उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा हुर्केका ओबेदा एजेदिन अल–कसम ब्रिगेडको सदस्य बन्नु अघि सानै उमेरमा हमास आन्दोलनमा सामेल भएका थिए ।
ओबेदा उत्तेजक र प्रभावशाली भाषणहरूका लागि परिचित मानिनुहुन्थ्यो । अबु ओबेदाको मृत्युको घोषणा गर्ने भिडियो पूर्व प्रवक्ताको विशिष्ट शैलीमा लुगा लगाएका एक नकाबधारी व्यक्तिले दिएका थिए । उनले भविष्यमा प्रवक्ताको रूपमा आफूले काम गर्ने पनि बताएका छन् ।
भिडियोमा उनले युद्धका क्रममा इजरायली आक्रमणमा हमासका अन्य चार कमान्डरको मृत्यु भएको पनि घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण