रास्वपाको बन्द सूचीमा मोरङका नागरिकताधारी धेरै, कोशीबाट ३५ जना
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका नागरिकताधारीहरूको उम्मेदवारहरूको बन्द सूची सार्वजनिक गरेको छ।
- मोरङबाट १५ जना र सुनसरीबाट ९ जना उम्मेदवारहरू सूचीमा परेका छन्, तर सबै मोरङका स्थायी बासिन्दा होइनन्।
- रास्वपाले आदिवासी जनजाति, खस आर्य, दलित, थारु, मधेसी र मुस्लिम समुदायका विभिन्न पेशाकर्मीहरूलाई चुनावी मैदानमा उतारेको छ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको उम्मेदवारहरूको बन्द सूचीमा कोशी प्रदेशका नागरिकताधारीहरूको संख्या उल्लेख्य देखिएको छ ।
निर्वाचन कार्यालयमा बुझाएको सूभीमा मोरङ जिल्लाबाट सबैभन्दा बढी १५ जना उम्मेदवारहरू सूचीमा परेका छन् । जसमा डा. राम लामा, मिडमा ग्याबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मनकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, त्रिसाला गुरुङ, रजनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन, तुलसा वाइवा, रञ्जु दर्शना र सुरेन्द्र चौधरी रहेका छन् । उनीहरूको नागरिकता मोरङबाट जारी भएको भएपनि सबै मोरङका स्थायी बासिन्दा भने होइनन् ।
यस्तै सुनसरीबाट ९ जना बन्द सूचीमा समावेश भएका छन् । जसमा सिर्जना श्रेष्ठ, डा. नन्दन यादव, पुरुषोत्तम यादव, डा. रञ्जित पञ्जियार, डा. ललिता कुमारी, मनिपा कुमारी, कामिनी कुमारी, प्रमिला कुमारी सिंह र सम्झना पण्डित रहेका छन् ।
यस्तै ताप्लेजुङबाट रमेश प्रसाईं र निर्मला खिम्दिङ उम्मेदवार बन्दा सोलुखुम्बुबाट उर्मिला चौधरी र करिश्मा कठरिया सूचीमा समावेश छन् । ओखलढुंगाबाट प्रेमलाल चौधरी र समिउन निशा परेका छन् । यस्तै पाँचथरबाट रूपक विश्वकर्मा घिमिरे, इलामबाट मिलन लिम्बू, झापाबाट टीका सङ्ग्रौला, खोटाङबाट सत्यकला राई र भोजपुरबाट गीता चौधरी समावेश भएका छन् ।
कोशीका १४ जिल्लामध्ये सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरबाट भने बन्द सूचीमा परेका छैनन् । रास्वपाले आदिवासी जनजाति, खस आर्य, दलित, थारु, मधेसी र मुस्लिम लगायतका सबै समुदायका पेशाकर्मी, चिकित्सक र युवा अभियन्ताहरूलाई समेटेर चुनावी मैदानमा उतारेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण