ललितपुरको हत्याकाण्ड सुल्झाउने २ डीएसपी पुरस्कृत
सारांश
- ललितपुरको लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।
- प्रहरीले मृतक केशवराज हायु र पारुहाङ राईको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
- हत्या आरोपीले सापटी लिएको १७ लाख नतिर्ने योजना बनाएर साथीको सहयोगमा हत्या गरेको स्वीकारेका छन्।
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी पञ्चलाल गोले र वेद पौडेल छन् । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर शिव थापालाई पनि उपत्यका प्रहरी कार्यालय पुरस्कृत गरेको छ ।
अनुसन्धानमा संलग्न अन्य ४ जनालाई चाहिँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरस्कृत गरेको छ । सिनियर अधिकृत ३ जना र जुनियर सहित ७ जनलाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो कार्यालयबाट ३ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ४ जनालाई पुरस्कृत गरिएको छ ।’
अभिलेखमा जनिने गरी पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक (सई) राम लामा र हवल्दार हस्त बहादुर साउद लगायत छन् । उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा हत्या गरिएका केशवराज हायु र पारुहाङ राईको हत्यामा संलग्नहरूको पहिचान गरेर पक्राउ गरेका थिए ।
महालक्ष्मी नगरपालिकाको शेराफाँट स्थित फार्म हाउसको इनारामा केशवराज हायु र भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा फालेको अवस्थामा पारुहाङ राईको शव भेटिएको थियो । हत्यामा संलग्न आरोपमा प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको थियो ।
आरोपीहरूले मङ्सिर २४ मा हायुको र मङ्सिर २५ मा राईको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपी देवराजले केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख सापटी लिएका थिए । करिब ४ महिनाअघि लिएको सापटी नतिर्न देवराजले योजना बनाएर जयरामको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण