बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

क्यान्सरको उपचार गराइरहेका इरफानले लण्डनबाट सार्वजनिक गरे पहिलो फोटो, यस्तो देखिए

सोमबार, ३२ असार २०७५, ११ : ५३
सोमबार, ३२ असार २०७५

गत पाँच महिनादेखि लण्डनमा गम्भीर रोग न्यूरो एन्डोक्राइन ट्युमरको उपचार गराइरहेका इरफान खानले आफ्नो ट्वीटर ह्यान्डलमा प्रोफाइल फोटो परिवर्तन गरेका छन् ।

यो उपचारको क्रममा उनको पहिलो फोटो भएको बताइन्छ । फोटोमा इरफानलाई निकै दुब्लो देखिएको छ । यद्यपी, पहेंलो टिसर्ट लगाएका उनी इयरफोन लगाएर हाँसिरहेको देख्न सकिन्छ ।

उपचारका लागि लन्डन पुगेका इरफानको भावुक सन्देश

ट्वीटरमा छन् सक्रियः

इरफान ट्वीटरमा निकै सक्रिय छन् । तीन दिन अघि उनले आफ्नो फिल्म ‘करवां’ को एउटा गित सेयर गरेका छन् ।

क्यान्सर पीडित बलिउड अभिनेता इरफानको लण्डन अस्पतालबाट मार्मिक पत्र

रिलिज हुँदैछ उनको दोस्रो फिल्मः

जबदेखि इरफान लण्डन गएका छन्, त्यतिबेला देखि उनको एउटा फिल्म (ब्ल्याकमेल) रिलिज भइसकेको छ र दोस्रो (करवां) रिलिजको तयारीमा छ । उपचारका लागि लण्डन जानुअघि उनी ‘करवां’ मा काम गरिरहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप