पुटिनको निवासमाथि युक्रेनी ड्रोन आक्रमण भएको रुसी दाबी सीआईएद्वारा खारेज
सारांश
- सीआईएले युक्रेनले रुसी राष्ट्रपति पुटिनको निवासमा ड्रोन आक्रमण नगरेको निष्कर्ष निकाल्यो।
- पुटिनले ट्रम्पसँग युक्रेनले आक्रमणको प्रयास गरेको दाबी गरेपछि सीआईएले त्यसलाई गलत साबित गर्यो।
- ट्रम्पले सुरुमा पुटिनको कुरामा विश्वास गरे पनि सीआईएको ब्रिफिङपछि आफ्नो अडान परिवर्तन गरे।
वासिङ्टन डिसी । अमेरिकी गुप्तचर निकाय सीआईएले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासलाई लक्षित गरी युक्रेनले कुनै पनि ड्रोन आक्रमण नगरेको निष्कर्ष निकालेको छ। अमेरिकी अधिकारीहरूका अनुसार सीआईएका निर्देशक जोन र्याटक्लिफले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसबारे जानकारी गराएका हुन्।
यसअघि सोमबार पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा युक्रेनले आफ्नो निवासमा हमला गर्न खोजेको दाबी गरेका थिए, जसलाई सीआईएको यो प्रतिवेदनले गलत साबित गरिदिएको छ। रुसले पुटिनको घरमा युक्रेनले ड्रोन प्रहार गरेको भन्दै सार्वजनिक रूपमा आरोप लगाएपछि ट्रम्पले सञ्चारकर्मीहरूसँग पुटिनले आफूलाई यसबारे जानकारी दिएको बताएका थिए।
त्यतिबेला ट्रम्पले युक्रेनको कडा खण्डनका बाबजुद पुटिनको कुरामा विश्वास गर्दै घटनाप्रति आक्रोश व्यक्त गरेका थिए। ‘मलाई यो मन परेन, यो राम्रो होइन,’ भन्दै ट्रम्पले पुटिनको दाबी सुनेर आफू धेरै रिसाएको बताएका थिए। यद्यपि, उनले पुटिनको कुरा झुटो हुन सक्ने सम्भावनालाई पनि नकारेनन्।
सीआईएको ब्रिफिङपछि राष्ट्रपति ट्रम्पको अडानमा परिवर्तन देखिएको छ। उनले बुधबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा न्युयोर्क पोस्टको सम्पादकीय लिङ्क साझा गर्दै रुसी दाबीप्रति शंका व्यक्त गरेका छन् । उक्त सम्पादकीयमा पुटिनले झुटो दाबी गरेर शान्तिको बाटोमा अवरोध खडा गरेको र युक्रेनमाथि विगत चार वर्षदेखि क्रूर युद्ध थोपरिरहेका व्यक्तिले आफ्ना विरुद्ध हिंसा भएको भन्दै आक्रोश पोख्नु अर्थहीन भएको उल्लेख छ।
न्युयोर्क पोस्टको सम्पादकीय बोर्डले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको कुरा ठाडै अस्वीकार गरेको र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि यसको कुनै प्रमाण दिन नसकेको तर्क गरेको छ।
ह्वाइट हाउसले यस विषयमा थप टिप्पणी गर्न बाँकी छ भने सीआईएले पनि औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण