न्यायाधीशलाई धम्की दिने राजकुमार तिमल्सिना कारागार चलान
सारांश
- न्यायाधीशलाई धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार चलान गरिएको छ।
- सर्वोच्च अदालतले उनलाई ६ महिना कैद सजाय सुनाएको थियो र उनी पोखरामा लुकेर बसेका थिए।
- तिमल्सिना विरुद्ध बैंकिङ कसुरको जाहेरी समेत दर्ता भएको छ।
काठमाडौँ । न्यायाधीशहरूलाई सामाजिक सञ्जालबाट धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार चलान गरिएको छ । अदालतको अपहेलन मुद्दामा फरार तिमल्सिनालाई पुस १६ मा प्रहरीले पोखरामा पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
तिमल्सिनालाई केन्द्रीय कारागार सुनधारामा थुनामा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
सिधाकुरा डटकमको युट्युव च्यानलबाट प्रसारण भएको ‘द डार्क फाइल’ प्रकरणमा सर्वोच्चले उनलाई अदालतको अपहेलन गरेको ठहर गर्दै ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । जेनजी प्रदर्शनमा जेलबाट भागेका उनी पोखरामा लुकेर न्यायाधीशहरूलाई धम्क्याउन थालेका थिए ।
उनीबिरुद्ध प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त जगातीमा बैकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । प्रहरीको अपराध तथ्यांक अनुसार २०८० जेठ २५ मा गौशालामा र कार्तिक १७ मा उनीबिरुद्ध दुईवटा बैकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको एसपी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण