बुद्ध एयरको विमान दुर्घटना, महानिर्देशकसहितको प्राविधिक टोली भद्रपुरमा
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनाको निरीक्षण गरेको छ।
- जहाज रनवेबाट बाहिर गएपछि यात्रुहरूलाई सामान्य चोटपटक लागेको थियो, तर सबैजना सकुशल घर फर्किएका छन्।
- बुद्ध एयरले घटनाको छानबिनमा प्राधिकरणलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
झापा । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्रलाल कर्णको नेतृत्वमा उच्चस्तरीय प्राविधिक टोली भद्रपुर विमानस्थल पुगेको छ । हिजो काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनापछि आवश्यक निरीक्षण र मर्मतका लागि यो टोली झापा पुगेको एयरलाइन्स हो ।
कर्णको नेतृत्वमा रहेको उक्त टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूका साथै बुद्ध एयरको प्राविधिक समूह पनि सहभागी छ । टोलीले घटनाको जाँचबुझ तथा जहाजको प्राविधिक व्यवस्थापनका लागि आवश्यक पर्ने उपकरणहरू साथमै लिएर भद्रपुर विमानस्थलमा अवतरण गरेको जनाइएको छ।
बुद्ध एयरको उडान नम्बर ९०१ को जहाज अवतरणका क्रममा रनवेबाट बाहिर गएको घटनाप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त जहाजमा सवार ५१ जना यात्रुमध्ये केहीलाई सामान्य चोटपटक लागेको थियो । सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेको बुद्ध एयरले जानकारी दिएको छ।
दुर्घटना लगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, प्राधिकरण र बुद्ध एयरका कर्मचारीहरूले तदारुकताका साथ उद्धार कार्य गरेको भन्दै कम्पनीले आभार प्रकट गरेको छ।
यसैगरी, घटनाको सत्य तथ्य पत्ता लगाउन र विस्तृत छानबिनका लागि प्राधिकरणलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण