युक्रेनी रक्षा मन्त्रीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी प्रस्ताव
सारांश
- जेलेन्स्कीले रक्षा मन्त्रीलाई ऊर्जा मन्त्रालयमा सार्ने प्रस्ताव गरे।
- उनले मन्त्रालय परिवर्तनको कारणबारे केही बताएका छैनन्।
- नयाँ रक्षा मन्त्रीमा फेडोरोभ नियुक्त हुने सम्भावना छ।
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार आफ्ना वर्तमान रक्षामन्त्री डेनिस श्मीगललाई ऊर्जा मन्त्रीको भूमिकामा सार्ने प्रस्ताव गरेका छन् ।
युक्रेनी नेताले रुससँग लगभग चार वर्षको युद्धको महत्त्वपूर्ण मोडमा आएको परिवर्तनपछि मन्त्रालय परिवर्तन गर्न लागेका हुन् तर उनले किन जिम्मेवारी हेरफेर गरे भन्नेबारे केही बताएका छैनन् ।
श्मीगलले गत जुलाईमा मात्र रक्षा मन्त्रीको भूमिकामा काम गर्न सुरु गरेका थिए ।
जेलेन्स्कीले उनको स्थानमा ३४ वर्षीय डिजिटल ट्रान्सफर्मेसन मन्त्री मिखाइलो फेडोरोभ रक्षा मन्त्रालयको जिम्मेवारीमा नियुक्त गर्ने विश्वास गरिएको छ।
नियुक्तिका लागि संसदबाट अनुमोदन आवश्यक छ, यद्यपि यो रुसको आक्रमणपछि जेलेन्स्कीको वरिपरि धेरै हदसम्म एकजुट भएको छ र उनको निर्णयलाई दायावाँया गर्ने सम्भावना छैन।
एक्समा एक पोस्टमा शनिबारको निर्णयको घोषणा गर्दै जेलेन्स्कीले भनेका छन्, “श्मीगलले ऊर्जा मन्त्रालयमा रहँदा पनि रक्षाकोजस्तै ‘व्यवस्थित’ भूमिका र दृष्टिकोण प्रयोग गर्नुहुनेछ।”
उनले अगाडी भने, “म संसद्को समर्थनमा भर परेको छु ।”
जेलेन्स्कीले गत नोभेम्बरमा भ्रष्टाचार प्रकरणमा राष्ट्रपतिको सैन्य सुरक्षा प्रमुखले राजीनामा दिएपछि शुक्रबार नयाँ चिफ अफ स्टाफको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण