भेनेजुएलामाथि अमेरिकी हमलाको पूर्वप्रधानमन्त्री खनालद्वारा भर्त्सना, मदुरोको रिहाइ माग
सारांश
- वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको भर्त्सना गरे।
- खनालले अमेरिकी सेनाले राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेको आरोप लगाउँदै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भने।
- उनले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न अमेरिकाले लामो समयदेखि षड्यन्त्र गरेको आरोप लगाए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणको भर्त्सना गरेका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी ट्रम्प प्रशासनको डेल्टा फोर्सले १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि ‘नाङ्गो र क्रुर’ हमला गरेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन र घोर अपराधपूर्ण कार्य भनेका छन् ।
नेता खनालले जारी गरेको विज्ञप्तिमा अमेरिकी आक्रमणबाट भेनेजुएलाका कैयौँ निर्दोष नागरिक र सैनिकको हत्या भएको तथा सैन्य संरचना ध्वस्त पारिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, 'भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरेर अमेरिका पुर्याइएको छ । यो भेनेजुएलाको सार्वभौमसत्तामाथिको प्रहार र लज्जास्पद कार्य हो ।'ू
अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्न र लुट्नका लागि लामो समयदेखि षड्यन्त्र गरिरहेको खनालको आरोप छ । मदुरो सरकार अमेरिकाको बाटोमा अवरोध बनेकाले 'ूड्रग ट्राफिकिङ' को झुटो र नक्कली बहाना बनाएर यो आक्रमण गरिएको दाबी विज्ञप्तिमा गरिएको छ ।
पूर्वप्रधानमन्त्री खनालले नेपाल र नेपाली जनताको तर्फबाट भेनेजुयाली जनताको प्रतिरोधप्रति ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रपति मदुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गरेका छन् ।
साथै, उनले संयुक्त राष्ट्र संघ, तेस्रो विश्वका मुलुकहरू र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंस्रक आक्रमण र 'ूजङ्गली शासन'का विरुद्ध एकजुट हुन आह्वान गरेका छन् । साना र कमजोर मुलुकहरूको स्वतन्त्रताको रक्षा गर्न र साम्राज्यवादी आक्रमणको अन्त्यका लागि कडा कानुनी कारबाही अघि बढाउन समेत उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण