मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा हुने महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नामिबियाको टोली घोषणा

आइतबार, २० पुस २०८२, ११ : ३५
आइतबार, २० पुस २०८२

सारांश

  • नामिबियाले आइसिसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि १५ सदस्यीय टोली घोषणा गर्यो।
  • जनवरी १८ बाट सुरु हुने प्रतियोगितामा नामिबिया पहिलो पटक विश्वकपमा स्थान बनाउने दाउमा छ।
  • नामिबियाले अफ्रिका क्षेत्रको छनोट पार गर्दै ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको हो।

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको आइसिसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नामिबियाले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। आगामी जनवरी १८ देखि सुरु हुने यस प्रतियोगिताका लागि सुने विट्टम्यानको कप्तानीमा नामिबियाले बलियो टोली सार्वजनिक गरेको हो। 

यसै वर्ष आयोजना हुने महिला टी-२० विश्वकपका लागि अन्तिम छनोटको रुपमा रहेको यस प्रतियोगितामा सहभागी भएर नामिबिया पहिलो पटक विश्वकपमा स्थान बनाउने दाउमा छ। हालसम्म कुनै पनि फर्म्याटको विश्वकप नखेलेको नामिबियाका लागि यो ऐतिहासिक अवसरको रुपमा रहेको छ।

नामिबियाले अफ्रिका क्षेत्रको छनोट प्रतियोगितामा शीर्ष दुईभित्र पर्दै नेपालमा हुने यस ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो। ग्लोबल क्वालिफायरबाट उत्कृष्ट चार टोलीले मात्र विश्वकपको टिकट काट्न पाउनेछन्। घोषित टोलीमा नाओमी बेन्जामिन, कायलिन ग्रीन, यास्मिन खान र सिल्भिया सिहेपो जस्ता अनुभवी खेलाडीहरू समावेश छन्। 

605551427_1323798869781821_1827141554957628634_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप