उपाध्यक्ष बस्नेतद्वारा श्वेतपत्र जारी
सारांश
- सुरेन्द्र बस्नेतले चार वर्षे कार्यकालको विवरणसहित ३५ बुँदे श्वेतपत्र जारी गरे।
- उनले युवाको नेतृत्व विकासका लागि नमूना संसद् अभ्यास गराएको र युवा नीति जारी गरेको बताए।
भक्तपुर । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत आफ्नो चार वर्षे कार्यकालमा भएका कामहरूको विवरणसहितको ३५ बुँदे श्वेतपत्र जारी गरेका छन् ।
परिषद्मा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष बस्नेतले आफ्नो चार वर्षे कार्यकालमा भए/गरेका उपलब्धिमूलक कामहरूको विवरणसहितको ३५ बुँदे श्वेतपत्रसमेत जारी गरेका हुन् । उनले चार वर्षे कार्यकालमा चार प्रधानमन्त्री र पाँच युवा तथा खेलकुद मन्त्री फेरिए पनि आफूले पूरा कार्यकाल काम गर्न पाएको बताउँदै यस अवधिमा १० हजारभन्दा बढी युवाको नेतृत्व विकासका लागि नमुना संसद् अभ्यास गराइएको, राष्ट्रिय युवा नीति २०८२ जारी गरेको बताए ।
आफ्नो कार्यकालमा युवाका लागि ३९० घण्टे निःशुल्क रोजगारमूलक सीप विकास तालिम, नमुना संयुक्त राष्ट्रसङ्घीय अभ्यास लगायतका कार्यक्रम सुरु गरेको उनले बताए । पत्रकार सम्मेलनपछि परिषद्ले आजै आयोजना गरेको बिदाइ कार्यक्रममा कर्मचारीहरूले उपाध्यक्ष बस्नेतको बिदाइ गरेका थिए । नेपाल सरकारअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद् ऐन–२०७२ अनुसार बस्नेत २०७८ पुस २१ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट परिषद्को कार्यकारी प्रमुखका रूपमा काम गर्ने गरी नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण