भक्तपुर–२ बाट महेश बस्नेतको नाम एकल सिफारिस
सोमबार, २१ पुस २०८२, ०९ : २८
सारांश
- नेकपा एमालेका सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट आगामी निर्वाचनका लागि एकल सिफारिस भएका छन्।
- निर्वाचन क्षेत्रीय समन्वय कमिटीले उनलाई सर्वसम्मत उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको छ।
- २०७४ को निर्वाचनमा बस्नेत यसै क्षेत्रबाट निर्वाचित भएका थिए, तर २०७९ मा उनी पराजित भए।
भक्तपुर । नेकपा (एमाले) का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो।
नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी झिनो मतले पराजित भएका थिए ।
यसअघि उम्मेदवारीको दाबेदारी गर्दै आएका नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठले नाम फिर्ता लिएपछि बस्नेतको एकल नाम तय भएको हो। उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गरेकोमा बस्नेतले दुवै नेतालाई धन्यवाद दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण