पुस २६ र २७ गते ट्रक यातायात व्यवसायी महासङ्घको साधारणसभा र महाधिवेशन हुने
सारांश
- नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा र आठौँ महाधिवेशन पुस २६ र २७ गते ललितपुरमा हुने भएको छ।
- साधारणसभामा संगठनको गतिविधि समीक्षा, भावी कार्ययोजना र नेतृत्व चयनबारे छलफल हुनेछ।
- महासङ्घको कार्यसमितिको बैठक पुस २५ गते महाधिवेशनको तयारीका लागि बस्नेछ।
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १७ औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।
महासङ्घको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेबाट सुरु हुनेछ।
महासंघले उक्त कार्यक्रममा महासंघका पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै भावी कार्ययोजना र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।
यसैबिच महासङ्घको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासङ्घको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। उक्त बैठकमा महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन सबैको उपस्थितिका लागि महासंघले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण