गौरमा फोहोर जलाउँदा होटलमा आगलागी, ५ वटा कटेज जलेर नष्ट
सारांश
- रौतहटको गौरमा फोहोर जलाउँदा होटलमा आगलागी भयो।
- आगलागीबाट ५ वटा कटेज र काठ जलेर करिब ६ लाखको क्षति भयो।
- प्रहरी र स्थानीयको सक्रियताले आगो २० मिनेटमा नियन्त्रणमा आयो, मानवीय क्षति भएन।
रौतहट । रौतहटको सदरमुकाम गौरमा फोहोर जलाउने क्रममा अचानक आगो सल्किएर एउटा होटलमा आगलागी भएको छ। गौर नगरपालिका–१ स्थित महेशकुमार गुप्ताको स्वामित्वमा रहेको सूर्य बम्बो होटलमा सोमबार अपराह्न आगलागी भएको हो।
विगत एक वर्षदेखि बन्द रहेको होटल परिसरमा सरसफाइ गर्ने क्रममा थुपारिएको फोहोरमा लगाइएको आगो अनियन्त्रित भई होटलका कटेजहरूमा सल्किएको थियो। आगलागीबाट बाँस र जस्ताले बनेका ५ वटा कटेज तथा होटल परिसरमा थुपारेर राखिएको काठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब २० मिनेटभित्रै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ। आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण