मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आज दुई संसदीय समितिको बैठक बस्दै

मङ्गलबार, २२ पुस २०८२, ०८ : ३७
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • आज राष्ट्रिय सभाका दुई वटा समितिको बैठक बस्दैछ।
  • बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयक, २०८१ मा छलफल हुनेछ।
  • दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षाका लागि बस्नेछ।

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । 

सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यतालिका छ ।

त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा कोशी प्रदेशको अनुगमन कार्यक्रमको समीक्षा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप