संस्थापन पक्षीय केन्द्रीय सदस्यसँग शेखरले भने, ‘प्रतिनिधिसभामा तालमेल हुनुहुँदैन’
सारांश
- डा. शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल नगर्ने बताए।
- उनले राष्ट्रियसभामा तालमेल भए पनि प्रतिनिधिसभामा कसैसँग गठबन्धन नहुने कुरा स्पष्ट पारे।
- कोइरालाले कांग्रेसलाई दीर्घकालीन हानि हुने भन्दै आगामी निर्वाचनमा एक्लै जानुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुन नहुने बताएका छन् । संस्थापन समूहका आफूलाई भेट्न सम्पर्क कार्यालयमा पुगेका ३० केन्द्रीय सदस्यहरूसँग डा. कोइररालाले मंगलबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा प्रतिनिधिसभामा गठबन्धन नहुने बताए ।
भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार राष्ट्रियसभामा तालमेल गर्न लागे पनि प्रतिनिधिसभामा कसैसँग पनि तालमेल नहुने डा. कोइरालाले बताएका थिए ।
‘एमालेका केही नेताहरूले प्रतिनिधि सभामा पनि गठबन्धन गरौँ भन्ने कुरा गरेको हो, कांग्रेसले प्रतिनिधि सभामा कसैसँग पनि गठबन्धन गर्दैन,’ भेटमा डा. कोइरालाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य शेर्पाले भने ।
पार्टीभित्र नियमित र विशेष महाधिवेशन भन्ने विवाद भइरहेका विवाद मिलाउन सक्रिय रहेका केन्द्रीय सदस्यहरूले डा. कोइरालासँग बिहान साढे २ घण्टा कुराकानी गरेका थिए ।
तालमेल गर्दा प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आउँला तर समानुपातिक मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने डा. कोइरालाले केन्द्रीय सदस्यहरूसँग बताएका थिए । आगामी निर्वाचनमा कांग्रेस एक्लै जानु पर्ने कुरामा आफू स्पष्ट भएको डा. कोइरालाको भनाइ थियो ।
पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने विषयमा अग्रसरता लिन उनीहरूले कोइरालालाई आग्रह गरेका थिए। केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा वैशाखमा महाधिवेशन सारेपछि महामन्त्रीलगायत ५ जना नेताहरूले फरक मत राखेका थिए।
नेता कोइरालाले बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताए पनि फरक मत राखेका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण