भेनेजुएलाको नेतृत्वमा मादुरोका बफादारहरू नै उपर्युक्त: सीआईएको निस्कर्ष
सारांश
- भेनेजुएलाकी उपराष्ट्रपति डोल्सी रोद्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिइन्।
- सीआईएले ट्रम्पलाई बुझाएको गोप्य मूल्याङ्कनमा रोड्रिगेज उपयुक्त भएको निष्कर्ष निकाल्यो।
- ट्रम्पले विपक्षी नेताको सट्टा रोड्रिगेजलाई समर्थन गर्ने निर्णय गर्नुको कारण यो मूल्याङ्कन थियो।
वासिङ्टन डीसी । भेनेजुएलामा त्यहाँकी उपराष्ट्रपति डोल्सी रोद्रिगेजले अन्तरिम सरकारको राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेकी छिन् ।
मादुरोले सत्ता गुमाएको अवस्थामा भेनेजुएलामा स्थिरता कायम राख्न उपराष्ट्रपति डेल्सी रोद्रिगेज लगायत मादुरोका वरिष्ठ बफादारहरू उपर्युक्त भएको मूल्यांकन सीआईएले गरेको भन्दै रोयटर्सले एउटा समाचार छापेको छ । समाचारका अनुसार सीआईएले ट्रम्पसामु पेश गरेको आफ्नो गोप्य मूल्यांकनमा यस्तो निष्कर्ष दिएको हो ।
ट्रम्पलाई यो रिपोर्टबारे जानकारी गराइएको अनि यसलाई उनको वरिष्ठ राष्ट्रिय सुरक्षा टोलीको सानो समूहमा समेत बाँडिएको एजेन्सीले दुई स्रोतहरूलाई उद्धृत गर्दै समाचारमा भनेको छ । ट्रम्पले भेनेजुएलामा अन्तरिम राष्ट्रपतिमा विपक्षी नेता मारिया कोरिना माचादोको सट्टा रोड्रिगेजलाई समर्थन गर्ने निर्णय गर्नुको एउटा कारण यही मूल्याङ्कन भएको स्रोतहरूले भनेका छन् । यस रिपोर्टलाई पुष्टि गर्न ह्वाइट हाउसले नमानेको अलजजिराले आफ्नो समाचारमा भनेको छ ।
‘राष्ट्रपति ट्रम्पलाई विश्वभरको घरेलु राजनीतिक गतिशीलताबारे नियमित रूपमा जानकारी गराइन्छ । राष्ट्रपति र उनको राष्ट्रिय सुरक्षा टोलीले अन्ततः भेनेजुएलालाई अमेरिकाको हितसँग मेल खाने र भेनेजुएली जनताको लागि राम्रो देश बनोस् भन्ने सुनिश्चित गर्न यथार्थपरक निर्णयहरू गरिरहेका छन्,' ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण