सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
सारांश
- सञ्चारमन्त्रीले चलचित्र प्रमाणीकरण प्रक्रियालाई सरल बनाउन बोर्डको भूमिका सुदृढ गर्नुपर्ने बताए।
- मन्त्रीले विज्ञहरूको निर्णयलाई सम्मान गर्नुपर्ने र भिटो प्रयोग गर्न नहुने तर्क गरे।
- नयाँ प्रविधिमैत्री कानुन ल्याउन सरकारले ५६ वर्ष पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दैछ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र प्रमाणीकरण प्रक्रियालाई सरल र प्रभावकारी बनाउन चलचित्र विकास बोर्डको भूमिकालाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मंगलबार भएको 'चलचित्र विधेयक' सम्बन्धी दफावार छलफलमा बोल्दै मन्त्री खरेलले बोर्डको स्वायत्तता र विज्ञहरूको निर्णयलाई सम्मान गर्नुपर्ने धारणा राखेका हुन्।
मन्त्री खरेलले बोर्डमा बाहिरबाट आउने विज्ञ सदस्यहरूको बहुमत हुने भएकाले उनीहरूले कुनै चलचित्रलाई उपयुक्त ठहर्याएमा बोर्ड अध्यक्षले आफ्नो विशेषाधिकार (भिटो) प्रयोग गरेर रोक्न नहुने तर्क गरे। उनले चलचित्र प्रमाणीकरणलाई अनावश्यक जटिल र त्रासको विषय बनाउनु नपर्ने उल्लेख गर्दै बोर्डले आफ्नो कर्तव्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। यद्यपि, बोर्डको कार्यशैलीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न 'चेक एन्ड ब्यालेन्स' (सन्तुलन र नियन्त्रण) को संयन्त्र भने आवश्यक रहेको उनको भनाइ थियो।
विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहेको र यसलाई छिट्टै निष्कर्षमा पुर्याउन समिति सक्रिय रहेको जानकारी दिइन्। सरकारले ५६ वर्ष पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गरी नयाँ र प्रविधिमैत्री कानुन ल्याउन खोजेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण