राँचीमा सम्पन्न कराते प्रतियोगितामा नेपाललाई ८ स्वर्णसहित १५ पदक
सारांश
- राँचीमा सम्पन्न क्योकुशिन कराँते प्रतियोगितामा नेपालले १५ पदक जित्यो।
- नेपाली खेलाडीहरूले ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका हुन्।
- प्रतियोगितामा ३२ जनाको नेपाली टोलीको नेतृत्व शिहान अशोक कुमार श्रेष्ठले गरेका थिए।
काठमाडौँ । भारतको झारखण्ड राज्यस्थित राँची सहरमा जनवरी ३ र ४ मा सम्पन्न ‘विश्व क्योकुशिन काई कराते संगठन अन्तर्राष्ट्रिय पूर्ण सम्पर्क कराँते च्याम्पियनसिप–२०२६’ मा नेपाल क्योकुशिन–सेईसिन कराँते टोलीले शानदार प्रदर्शन गर्दै कुल १५ पदक जितेको छ ।
विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीहरूले प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जित्न सफल भएका हुन् ।
स्वर्ण पदक विजेताहरूः
नेपालका लागि स्वर्ण पदक जित्ने खेलाडीहरूमा स्यानी सिंह (खुला तौल समूह), प्रबिन माझी (६० केजी तौल समूह), भुपेन्द्र बहादुर ओली (५५ केजी तौल समूह), निग्मल तामाङ (१३–१४ वर्ष उमेर समूह), मञ्जु बीके (महिला खुला), बिन्दु चौधरी (५५ केजी तौल समूह), मनिता राई (५० केजी तौल समूह) र अञ्जिला श्रेष्ठ (१८ वर्षमुनि उमेर समूह) रहेका छन् ।
रजत तथा कांस्य पदक विजेताहरूः
त्यसैगरी रजत पदक विजेताहरूमा विकाश गुरुङ (खुला तौल समूह), विष्णु थापा मगर (६० केजी तौल समूह) र निशा केसी (महिला ५० केजी तौल समूह) रहेका छन् ।
कांस्य पदक प्राप्त गर्ने खेलाडीहरूमा रबिन्द्र लोहार (खुला तौल समूह), अभय राउत (५० केजी तौल समूह), अनिशा गोले (१३–१४ वर्ष उमेर समूह) र प्रकृति लिगल (११–१२ वर्ष उमेर समूह) छन् ।
उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोली विश्व क्योकुशिन काई कराते महासंघका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काइकान कराते संघका अध्यक्ष एवं नेपाल शाखा प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा ३२ जनाको टोलीको सहभागिता रहेको थियो ।
नेपालबाट मुख्य निर्णायक तथा रेफ्रीहरूको सहभागिता
यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट मुख्य जुरीमा शिहान अशोक कुमार श्रेष्ठ, मुख्य रेफ्रीमा बद्री थापा तथा सहायक रेफ्रीहरूमा सन्तोष गुप्ता, राजकुमार तामाङ, जयराम तामाङ, सम्पूर्ण महर्जन, छविलाल खड्का तथा कर्मचारी (अफिसियल) का रूपमा राजन तामाङले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण