राजनीति
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल, नेकपा बाहिरियो
बुधबार, २३ पुस २०८२, १० : ४२
सारांश
- राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल हुने सहमति भएको छ।
- नेकपाले तालमेलमा सहमति जनाएन, जसका कारण उनीहरू बाहिरिएका छन्।
- कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति भएको छ, र जसपाबाट महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन्।
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुने भएको छ ।
नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।
‘नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएको थियो । उहाँहरूसँग कुरा मिल्न सकेन । अरु तीन शक्तिबीच तालमेल हुने निश्चित भएको छ,’ कांग्रेसका तर्फबाट वार्तामा सहभागी नेता लेखकले बुधबार रातोपाटीसँग भने ।
लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताए । क्लस्टर पनि टुंगिएको लेखकले जानकारी दिए ।
जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण